Incident Reports

अपहरण गरी यौन शोषण गरेको घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2020-10-17

Madhes, Dhanusha, Mithila Bihari, Ward 6

१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर यौन शोषण गरेको आरोपमा मिथिला विहारी नपा–६ का २० वर्षीय रघुविर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले कात्तिक १३ गते उजुरी दिएकी छन् ।

कात्तिक १ गते घरबाटै ललाइफकाई बीरगंजमा लगेर यौनशौषण समेत गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताइन् ।

यादवले पीडित बालिकालाई विवाह गर्ने भनेर ललाइफकाई गरेर कात्तिक १ गते बीरगंज लगेर डेरामा राखेर यौन शोषण गरी कात्तिक १२ गते राति पुनः घरमा छोडेर भागेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयकी असई दिपिका ओझाले पीडितलाई ललाइफकाई प्रेमजालमा पारेर यौन शोषण गरेकाले आरोपितलाई गिरफ्तार गरी कारवाही गरिने बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १३ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments