Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-29

Province 1, Taplejung, Aathrai Tribeni, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका २५ वर्षीय बालकृष्ण माबो लिम्बूलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

छोरीको पेट दुख्न थालेपछि स्वास्थ्य जाँचका क्रममा सात महिनाको गर्भ रहेको थाहा पाएपछि आरोपितविरूद्ध उजुरी दिएको पीडित बालिकाका बाबुले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालका कात्तिक १४ गते गरिएको छ ।

देवराज गुरुङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments