Incident Reports

पीडितमाथि नै पर्सा प्रहरीले यातना दिएको आरोप, थुनामा बेहोस भएपछि पुर्‍याइयो अस्पताल

2020-10-31

Madhes, Parsa, Birgunj, Ward 27

वीरगंजः कुटपिट घटनाका पीडित परिवारका सदस्यलाई नै पर्सा प्रहरीले थुनेर यातना दिएको आरोप लागेको छ। पीडित परिवारका सदस्य वीरगंज महानगरपालिका -२७ उदयपुरघुर्मीका भुलाइ यादवलाई प्रहरीले थुनेर यातना दिएको आरोप लागेको हो। यातनाको कारण यादव गम्भीर घाइते भएको र अचेत अवस्थामा नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको परिवारको भनाइ छ।

पाँच दिनअघि यादवकी बुहारी लालसादेवी र छिमेकी धुरी यादवको परिवारबीच घाँस काट्ने विषयमा झगडा भएको थियो। झगडामा भुलाइकी बुहारी लालसादेवीको हात भाँचिएको थियो। उनको नारायणी अस्पतालमै उपचार भइरहेको अवस्था छ। सो घटनामा प्रहरीले धुरी यादवको छोरा बलिरामलाई मात्र पक्राउ गरेको र आरोपीलाई पक्राउ नगरेको भन्दै भुलाइ जिल्ला प्रहरी कार्यालयमा शुक्रबार सोधपुछ गर्न गएका थिए। सो क्रममा सुरक्षाकर्मीले पाइपले कुटपिट गरी यातना दिएको भुलाइका भाइ रोशनको आरोप छ।

रोशनले भने, ‘म हिजो भेट्न जाँदा प्रहरीले पाइपले हातखुट्टा बाँधेर कुटिरहेको थियो। पीडितले न्याय माग्न आउँदा यस्तो हालत छ,' दोषी प्रहरीमाथि कारबाही हुनुपर्छ।’

बेहोस यादवको प्रहरीकै निगरानीमा नारायणी अस्पतालमा उपचार भइरहेको छ।

शनिबार अस्पतालमा पुगेका नेपाली कांग्रेसका जिल्ला सभापति अजय द्विवेदी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

पर्साका प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरले भने सोधपुछका लागि बोलाइएको र भुलाइ पहिलेदेखि नै बिरामी रहेकाले थुनामा बेहोस भएको प्रतिक्रिया दिए। भुलाइमाथि कुनै प्रकारको यातना नदिएको दाबी कुँवरले गरे।

भुलाइका भाइले आर्थिक लेनदेनमा पीडकलाई मुद्दाबाट उन्मुक्ति दिने प्रयास भइरहेको समेत आरोप लगाएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments