Incident Reports

साथीको टाउकोमा लठ्ठी हानी हत्या गरेर भारत भाग्दै गर्दा समातिए

2020-10-31

Sudurpashchim, Darchula, Lekam, Ward 4

बैतडी : साथीको हत्या गरेर भारत भाग्दै गरेको अवस्थामा बैतडी प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ। दार्चुलाको लेकम गाउँपालिका–४ का ३० वर्षीय रमेश पाललाई प्रहरीले समातेको हो।

उनलाई दशरथचन्द नगरपालिका ६ सेरास्थित महाकाली नदी छेउबाट नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

पाललाई लेकम गाउँपालिका–४ टकनाका तेज बहादुर पालको शनिबार राति हत्या गरेको आरोप लागेको छ। तेज घर नजिकै शनिबार राति मृत भेटिएपछि सँगै रहेका रमेशको खोजी सुरु गरिएको थियो।

प्रहरी हिरासतमा रहेका पालले आफूले टाउकोमा लठ्ठीले हिर्काएर तेजको हत्या गरेको स्वीकारेका बैतडी प्रहरीले जनाएको छ। भाग्दै गरेको अवस्थामा बिहान ६ बजे उनलाई प्रहरीले समात्न सफल भएको थियो।

बैतडी प्रहरीको हिरासतमा रहेका उनलाई थप अनुसन्धानका लागि दार्चुला प्रहरीको जिल्ला लगाउने तयारी भएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports