Incident Reports

जानकी मेडिकल कलेजका आन्दोलित कर्मचारी आमरण अनशनमा  

2020-11-01

दुई सातादेखि आन्दोलनमा रहेका धनुषास्थित जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनशनमा बसेका छन् । कलेजको कर्मचारी हकहित संरक्षण समितिका सदस्य जानकीशरण यादव र कुल्पिद साहले आइतबारदेखि आमरण अनशन सुरु गरेका हुन् । 

दुई महिनाको तलब, ६ वर्षको सञ्चय कोष र ६ वर्षको दसैँ भत्ताको रकम बाँकी रहेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।  कर्मचारीको आन्दोलनका कारण कलेजको इमर्जेन्सीबाहेक सबै सेवा दुई सातादेखि ठप्प छ । 

आन्दोलित कर्मचारीले कलेजका पठनपाठन, शिक्षण अस्पतालका ओपिडी, प्रशासन, लेखासहितका सबै शाखा बन्द गराएका छन् । सञ्चय कोष र बाँकी रहेको तलब माग्दा कलेज प्रशासनले पाँचजना कर्मचारीलाई जागिरबाट हटाएको कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवले आरोप लगाए । 

केही दिनअघि कलेज प्रशासनले उमेश यादव, राजनारायण यादव, जयकुमार यादव, अन्जु पटेल र वीरेन्द्रकुमार झालाई स्पष्टीकरण सोधेको थियो । उनीहरूलेमध्ये दुईजनाले मात्रै स्पष्टीकरण दिएको कलेज प्रशासनको भनाइ छ । 

लकडाउनको अवधिमा पनि नियमित तलब दिँदै आए पनि पछिल्लो दुई महिनालेखि विभिन्न कारणले कर्मचारीलाई तलब दिन नसकेको कलेज प्रशासनले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis