Incident Reports

काभ्रेमा एक पुरूषको हत्या

2020-10-31

Bagmati, Kabhrepalanchok, Banepa, Ward 11

काभ्रेमा हत्या गरिएको अवस्थामा एक पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालमा शनिबार दिउँसो सवा तीन बजे एक पुरूषको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको शव वडा कार्यालयबाट ५ सय मिटर पश्चिम बाटोमुनि फेला परेको थियो। 

अन्दाजी ३५/३६ वर्षीय पुरूषको हत्या गरिएको अवस्थामा फेला परेको काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। 

ती पुरूषको सनाखत भने हुन सकेको छैन।

'सनाखत नहुँदा अनुसन्धान अघि बढाउन समस्या भएको छ,'डिएसपी थापाले भने,'कसैले पहिचान गर्न सकेमा अनुसन्धान गर्न सहज हुन्छ भनेर हामीले तस्विर पनि सार्वजनिक गरेका छौं।' 

उनका अनुसार ती पुरूषको टाउकोमा काठले हानेर हत्या गरिएको हो। 

मृतकको शव धुलिखेल अस्पतालको शव गृहमा राखिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports