Incident Reports

बलात्कार आरोपमा देवर पक्राउ, एक जना फरार

2020-11-01

Province 1, Sunsari, Dharan

धरान — डरधम्की देखाएर भाउजूलाई बलात्कार गरेको आरोपमा धरानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक जना फरार भएका छन् । २२ वर्षीय युवकलाई प्रहरीले साेमबार पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति ती महिलाका काका ससुराका छोरा हुन् भने फरार हुने व्यक्ति आफ्नै देवर । एक छोरा र एक छोरीकी आमासमेत रहेकी २२ वर्षीया महिलालाई करिब डेढ वर्षदेखि डर, धम्की देखाएर बलात्कार गर्दै आएको उजुरीका आधारमा एक जनालाई पक्राउ गरिएको र अर्का व्यक्तिको खोजी भइरहेकाे भइरहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार महिलाका श्रीमान् घरबाहिर भएको मौका छोपेर लामो समयदेखि उनलाई घरकै २३ वर्षीय देवरले बलात्कार गर्दै आएको खुलेको छ । उनले भने, ‘घरको देवरले आफूले भाउजूसँग शारीरिक सम्पर्क गरेको कुरा काकाको छोरालाई पनि सुनाएपछि ब्ल्याकमेल गरेर उसले पनि बलात्कार गर्दै आएको रहेछ ।’

दुवै जनाले बलात्कारबारे परिवार वा प्रहरीलाई खबर गरे हत्या गरिदिने धम्की दिएपछि चुपचाप सहेर बसेको महिलाले उजुरीमा उल्लेख गरेकी छिन् । मानसिक तनाब हुन थालेपछि उनले माइतकी आमा र परिवारलाई भनेकाे र दुई दिनअघि मात्र माइती पक्षले कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार बलात्कार घटना सार्वजनिक भएपछि परिवारबीचमा मिलाउने प्रयाससमेत भएको थियो । तर माइती पक्षले उजुरी गर्ने अडान लिएपछि घरका देवर तत्काल फरार भएका थिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments