Incident Reports

जवरजस्ती करणी गर्न खोज्नेलाई स्थानीयले बुझाए प्रहरीलाई

2020-10-30

Madhes, Rautahat, Katahariya, Ward 1

रौतहट, १७ कार्तिक । पैसाको प्रलोभनमा पारेर जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवकलाई रौतहट प्रहरीले पक्राऊ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाकाको प्रहरी टोलीले जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर १ झौवा टोल बस्ने ४५ वर्षीय रामलाल राय यादवलाई पक्राउ गरेको हो ।

यादवले यहीं कार्तिक १४ गते राति आफ्नै गोठ घरको बरन्डामा रहेको बाँसको मचानमा सुती बसेको अवस्थामा अपाङ्गता भ‌एकी बालिकालाई पैसा दिन्छु भनि प्रलोभन देखाई जवरजस्ती करणी गर्न खोज्दा स्थानीयले फेला पारी कुटपीट गरी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबैजनालाई हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको र उनीहरुलाई जबरजस्ती करणी उद्योग मुद्दामा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments