Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-10-26

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

आरोपितलाई गिरफ्तार गरी कात्तिक १७ गते जिल्ला अदालतबाट म्याद समेत थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको सप्तरी प्रहरीले जनाएको छ ।

दशैँमा लागेको मेलाबाट मुर्तिको पूजा गरी घर फर्किरहेका बेला आरोपितसहित २५ वर्षीय शैलेन्द्र यादव र २२ वर्षीय मिथलेशकुमार मण्डलले बाटो छेकी नियन्त्रणमा लिएर कात्तिक १० गते पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाका बुबाले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक ११ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कात्तिक ११ गते गरिएको छ । अन्य आरोपितहरू कात्तिक १७ गतेसम्म गिरफ्तार भएका छैनन् ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 00
INSEC

0 Comments