Incident Reports

बेचबिखन घटनाका आरोपित गिरफ्तार

2020-11-03

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 6

१३ र १४ वर्षीया बालिकालाई बेचबिखन गर्न भारत लगेको आरोपमा प्रहरीले कात्तिक १६ गते हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई गिरफ्तार गरेको छ ।

पीडितहरूको उद्धारपछि घर फर्किए लगत्तै पीडित बालिकाद्वयका बुबाहरूले संयुक्त रूपमा कात्तिक १६ गते दिएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

आरोपित सलाम र हनुमाननगर कंकालिनी नगरपालिका–६ का २० वर्षीय ओमप्रकाश चौधरीले कात्तिक १० गते राति पीडितहरूलाई राजविराज नपा–७ बाट शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा ल्याएर राखेको पीडित पक्षको आरोप छ ।

कात्तिक ११ गते बिहानै आरोपितहरूले मोटरसाइकलमा चढाई भारत बिहारको करियौत लगेको पीडितहरूको आरोप छ ।

करियौतका स्थानीयवासीले शङ्का गरेर सोधपुछ गर्दा आरोपितहरू फरार भएपछि स्थानीयले पीडित बालिकाका परिवारमा सम्पर्क गरी जिम्मा लगाएको पीडित परिवारले जनाएको छ ।

मनोहरकुमार पोखरेल

0 Comments