2020-10-29
Sudurpashchim, Doti, Jorayal, Ward 5
डोटी — १५ वर्षीया बालिकालाई एक प्रहरी जवानले बलात्कार गरी हत्याको समेत प्रयास गरेको भन्दै उजुरी परेको छ ।
जोरायल गाउँपालिकाकी बालिकालाई गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशिल सिंहले बलात्कारपछि हत्याको प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी दर्ता गरेका छन् ।
कात्तिक १३ को राति ११ बजेतिर छोरी घरकै कोठामा सुतिरहेको अवस्थामा बलात्कार गरी कोदोबारीमा मरेको भन्दै फालेको बालिकाका बुबाले बताए । घरदेखि घिसार्दै कोदोबारीमा लगेर फालेको अवस्थामा राति ३ बजेतिर छोरीलाई भेटेको उनको भनाइ छ । ‘राति कोही चिच्चाएको आवाज आयो,’ पीडित बालिकाका बुवाले भने, ‘को रहेछ भनेर गएको त छोरी रहेछ । छोरीलाई उसैको दोपट्टाले घाँटी कसेर मरीसकी भनेर फालेको रहेछ ।’ घटनाको तीन दिनपछि मात्रै धनगढीस्थित प्रादेशिक अस्पतालमा बालिकाको चेत खुलेको थियो ।
घटना भएको ५ दिनपछि पीडित बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय डोटीमा जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेका छन् । अचेत अवस्थामा रहेकी छोरीलाई गडसेरा स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरेपनि होस आएको थिएन ।
बालिकाको घाटीमा गहिरो कालो निलडाम छ । खुट्टा र शरीरमा निलडाम रहेको बालिकाका बुवाले बताए । उनी बेला बेला बरबराउँछिन् । मानसिक रुपमा विक्षिप्त रहेकी छन् ।
घटनाबारे प्रहरी चौकीलाई समयमै पीडितका आफन्तले जानकारी गराउँदा पनि मुद्दा दर्ता गर्दासम्म अभियुक्त प्रहरी चौकीबाटै फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले पीडित बालिकाका आफन्तले उजुरी दर्ता गर्न आएपछि प्रहरी चौकीको सम्पर्कमा नरहेको फोनमा बताए ।
पीडितका आफन्तले प्रहरीको मिलेमतोमा अभियुक्तलाई विभिन्न बहाना गरेर घटनालाई कम्जोर बनाउने चलखेल भइरहेको आरोप लगाएका छन् ।
प्रहरीकहाँ घटना भएको दोस्रो दिनमै उजुरीका लागि गएपनि दर्ता नगरेको उनका बुवाले बताए । गड्सेरा प्रहरी चौकीका इन्चार्ज चन्द्र सिं भण्डारीले उपचार पछि गाउ आउन र घटनाबारे आपसी सहमती गर्न भनेको वुवाले बताए ।
‘दोस्रो दिन अस्थायी प्रहरी चौकी गड्सेरा गयौं त्यहाँ पहिले बालिकाको ज्यान बचाऔं त्यसपछि कानुनी प्रक्रिया अघि बढाउला भनेर गाउँले र प्रहरीले भने’, पीडितका बुवाले गुनासो राखे,‘जोरायल प्रहरी चौकी जाँदा पनि उजुरी दर्ता भएन छोरीको अवस्था नाजुक भएकाले बेहोस अवस्थामै उपचारका लागि धनगढी लाग्यौं । आइतबार होस आएपछि सोझै डोटी जिप्रका आएर उजुरी दर्ता गर्यौं।’ प्रहरीले जबरजस्ती करणीको मुद्दा दर्ता गर्न खोजेपनि ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको पीडित बालिकाका आफन्तले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी पाण्डेयले उजुरीको ब्यहोरा नमिलेकाले मात्र निवेदन सच्याएर ल्याउन पीडितका आफन्तलाई प्रहरीले सम्झाएको बताए । उनले ब्यहोरा मिलेर आउने बित्तिकै दर्ता गरिएको बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | Other |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Police |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Injured | 1 |
Female Injured | 1 |
Youth Injured | 1 |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19