Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2020-10-29

Gandaki, Parbat, Kushma, Ward 13

कुश्मा नगरपालिका– १३ खौलालाँकुरी सिस्नेपानीकी २९ वर्षीया पूर्णमाया नेपालीको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले ३२ वर्षीय पति तुलसे नेपालीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ ।

मृतक नेपाली कात्तिक १३ गते देखि सम्पर्कविहिन भएको भन्दै आरोपित पतिले कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा खोजिकार्यका लागि सहयोग गरिदिन बारे निवेदन दिनुभएको थियो ।

मृतकको शव सोही दिन घर नजिकै बारीको कान्लामा भेटिएको थियो ।

मृतकको माइतीपक्षले बेपत्ता भनिएकी महिला मृत अवस्थामा भेटिएपछि मृत्यु शङ्कास्पद रहेको भन्दै पति तुलसे नेपालीविरुद्ध कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।

सोही उजुरीपछि प्रहरीले मृतकका पतिलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर मोहन खड्काले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

मृतकको पोष्टमार्टम पर्वत अस्पतालमा कात्तिक १६ गते गरिएको छ ।

सन्तोष थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments