Incident Reports

दार्चुलामा प्रधानाध्यापक मृत भेटिए, हत्याको आशंका

2020-11-03

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 9

दार्चुला — शैल्यशिखर नगरपालिका ९ स्थित जगतपुरी शिवधाम नजिक भिरपट्टी आरसीसी नहर (कुलो) मा मंगलबार बिहान एक जना प्रधानाध्यापक मृत भेटिएका छन् । नहरमा टाउको र बाहिरपट्टी हात रहेको अवस्थामा बैतडी जिल्ला डिलाशैनी गाउँपालिका २ कपट्टास्थित डाडाबाग आधारभूत विद्यालय किमिचोरका प्रधानाध्यापक अन्दाजी ४५ वर्षीय गोविन्द घरेडीको शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहान नहरमा फेला परेको शवको पहिचान भइसकेको र घटनाबारे अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउदले बताए । प्रहरीका अनुसार मृतकसँग ८५ हजार नगद रुपैयाँसहित झोला, मोबाइल, बैंक चेकबुकलगायत सामान रहेको छ ।

मृतकको टाउकोमा धारिलो हतियार प्रहार भएको जस्तो देखिने घाउ र शरीरमा निलडाम परेको छ । सोमबार बिहान शिक्षकहरुको तलबभक्ता भुक्तानी गर्न घरबाट गोकुलेश्वर आएका प्रधानाध्यापक घरेडीको गाउँ जाने बाटो नै नपर्ने सडक माथिको आरसीसी नहर (कुलो) भित्र शव फेला परेकोले आफन्तहरुले हत्याको आशंका गरिरहेका छन् । घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports