Incident Reports

कुटपिटको आरोपमा पति विरुद्ध उजुरी l

2014-05-23

Lumbini, Arghakhanchi, Sandhikharka

Narayan Bhushal अर्घाखाँची । ०७१ जेठ ९ गते सन्धिखर्क गाविस-५ की १८ वर्षीया इन्दिरा कुवँरले जेठ ९ गते पति २८ वर्षीय मनोज कुवँर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले आफूलाई जेठ ८ गते साँझ घरमा कुटपिट गर्नुका साथै मानसिक रुपमा यातना दिएको उजुरीमा उल्लेख छ । विवाह भएको दुई महिनादेखि नै विभिन्न कुरामा शङ्का गर्दै शारीरिक तथा मानसिक यातना दिएको, घरपरिवारमा सँधै झगडा गर्ने, बेला-बेलामा कुटपिट गर्ने गरेको कारण परिवारमा मिलेर बस्न सक्ने वातावरण नभएको भन्दै न्यायको लागि प्रहरीमा उजुरी दिएको पीडित महिलाले बताईन् । उनीहरूबीच एक वर्षपहिले सामाजिक परम्परा अनुसार विवाह भएको थियो । पीडितको न्यायको लागि घरेलु हिंसा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाउने महिला तथा बालबालिका सेलकी प्रमुख मनिषा थापाले बताइन् । नारायण भुसाल

0 Comments

Related Reports
Related Trend Analysis