Incident Reports

धरान १५ मा एक युवा झुन्डिएकाे अवस्थामा फेला, हत्या भएको हुनसक्ने आफन्तकाे आशंका

2020-11-03

Province 1, Sunsari, Dharan, Ward 15

ब्लाष्टखबर । धरान १५ मा गयराती एक युवा झुन्डिएकाे अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा ८ बेलबारी घर भएका ३० वर्षीय बिक्रम भण्डारी मंगलबार राती करिब ९ बजेतिर कोठामा झुन्डिएकाे अवस्थामा फेलापरेका हुन् ।

वर्कसप सञ्चालन गरी बसेकाे भण्डारी झुण्डिएको अवस्थामा देखेपछि स्थानिय तथा प्रहरीले उद्दार गरी उपचारका लागि बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएपछि अस्पतालमा उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बतएका छन् ।

मृत्युपछि आफन्तहरुले भने आत्महत्या नभइ हत्या भएको हुनसक्ने आशंका गरेका छन् । मृतक भण्डारी र उनकी श्रीमती बिच घरायसी विवाद हुनेगरेकाे बताइएकाे छ ।

डिएसपी बस्नेतका अनुसार घटनाकाे छानबिन गर्न आफन्तहरुले जाहेरी दिएका छन् । उनले घटनाको सर्जमिन मुचुल्का भइरहेको र अनुसन्धानका लागी श्रीमतीलाइ कार्यालयमा उपस्थित गराइएकाे बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports