Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-11-01

Madhes, Saptari, Mahadeva, Ward 6


२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेका आरोपितमध्ये प्रहरीले महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडितले दिएको उजुरीका आधारमा आरोपित मण्डललाई गिरफ्तार गरी अन्य दुई जना आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

राजविराजबाट विजुलीको बिल तिरेर घर फर्कने क्रममा आरोपित मण्डलसहित सोही ठाउँका २१ वर्षीय पप्पु मण्डल र ३० वर्षीय अनिल मण्डलले सातैन मण्डलको आँप बगैँचामा कात्तिक १६ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १७ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कात्तिक १७ गते गरिएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments