Incident Reports

सभामुखका स्वकीय सचिव र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रमुखबीच कुटाकुट

2020-11-04

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 4

महेन्द्रनगर, २० कार्तिक । रक्सी खाएर प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाका स्वकीय सचिव नवराज ऐर र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख (प्रिन्सिपल) भूपेन्द्र विष्टले कुटाकुट गरेका छन् ।

भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित मेघा होटलमा बुधवार राति शुक्लाफाँटा नगरपालिका–१, बन्साहका ऐर र बिष्टबीच कुटाकुट भएको हो ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी अमर थापाले रक्सीले मातिएको अवस्थामा सभामुखका स्वकीय सचिव ऐर र प्रिन्सिपल बिष्टबीच झगडा भएको खुलेको जानकारी दिए ।

‘रक्सी खाएर दुईजनाबीच झगडा भएको खुलेको छ । अहिलेसम्म कसैबाट उजुरी आएको छैन,’ डीएसपी थापाले बताए ।

प्रिन्सिपल बिष्टले स्वकीय सचिव ऐरले टोकेर आफ्नो औँलै दुई टुक्रा पारिदिएको आरोप लगाएका छन् ।

‘खाना खाएर घरमै सुतेका थिएँ। नवराजजीले बोलाउँदै छन् भनेर लोकेन्द्र जोशीले मेघा होटलमा आउन भन्नुभयो । म त्यहाँ पुग्दा नवराजजीसहित ४–५ जना बसेर रक्सी पिउँदै हुनुहुन्थ्यो,’ उनले भने, ‘षड्यन्त्रपूर्वक बोलाएर एक्कासी हमला भयो । औँला टोकेर दुई टुक्रा पारिदिनुभएको छ ।’

उता सभामुखका स्वकीय सचिव नवराज ऐरले भने प्रिन्सिपल बिष्टले रक्सीले मातिएर तथानाम गर्न थालेपछि विवाद भएको दाबी गरेका छन् ।

‘भूपेन्द्र सरसँग मेरो कुनै चासो र सम्बन्ध छैन । हामी ४–५ जना होटलमा बसेका थियौँ । एकजना साथीले उहाँलाई पनि बोलाउनुभएको रहेछ,’ उनले भने, ‘होटलमा आएर गालीगलौज गर्न थालेपछि विवाद भएको हो । मेरो कानमा ३ टाँका लागेका छन् ।’

प्रतिकृया दिनु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Reports