Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2020-11-03

२४ वर्षीया यूवतीलाई बेचबिखन प्रयास घटनाका आरोपित कनकासुन्दरी गाउँपालिका– ६ जुम्लाका ३५ वर्षीय हरिमान कामीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले यूवतीलाई विवाह गर्ने आश्वासन दिइ, ललाइ फकाइ घरबाट भगाएर नेपालगञ्ज लिने क्रममा कात्तिक १८ गते जुफाल विमानस्थलबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु पाण्डेले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

घटनाबारे पिडितका बुबाले भन्नुभयो,–‘आरोपितले आफ्नो थर रोकाय र आफू अहेव हुँ भन्दै महिनामा ३५ हजार तलव हुन्छ भनेको रहेछ । विमानस्थलमा प्रहरीले नागरिकता जाँच गर्दा छोरीले आफू ढाँटीएको थाहा पाएर नजाने भनेपछि विवाद हुँदा प्रहरीले छोरीसहित नियन्त्रणमा लिएछ ।’

आरोपितलाई सार्वजनिक अपराध ऐन अन्तर्गत प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको र पिडित यूवतीलाई परिवारको जिम्मा लगाइएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

विष्णुप्रसाद देवकोटा

0 Comments