Incident Reports

नगरपालिकामा भ्रष्टाचार भएको भन्दै नेकपा कार्यकर्ताले निकाले मसाल जुलुस

2020-11-05

Madhes, Sarlahi, Haripurwa

सर्लाहीको हरिपूर्वा नगरपालिकामा भ्रष्टाचार भएको भन्दै्र नेकपा हरिपूर्वाले मसाल जुलुस प्रदर्शन गरेको छ । हरिपूर्वा नगरपालिका वडा नं. १ स्थित नयाँ बजार देखि निकालिएको मसाल जुलुस नगर परिक्रमा गरी पुरानो बजार स्थित कोण सभामा परिणत भएको नेकपा हरिपूर्वाले जनाएको छ ।

हरिपूर्वा नगरपालिका पूर्ण कुषि प्रधान नगर भएपनि नगरपालिकामा कृषि प्रवद्र्धनको लागि कुनै किसिमको कार्य नभएको भन्दै नेकपा हरिपूर्वा नगर कमिटिले बिरोध प्रदर्शन गरेको नेकपा हरिपूर्वाले जनाएको छ । नगरपालिका भित्र शिक्षाको नाममा, कोरोना भाईरसको नाममा अत्यधिक भ्रष्टाचार भएको भन्दै पूर्व घोषित कार्यक्रम अन्तर्गत मसाल जुलुस प्रदर्शन गरेको नेकपा हरिपूर्वा नगर राजनैतिक सयन्त्र समितिका संयोजक बिकाउ यादवले बताए ।

बिगत ३ वर्ष देखिको विकास निर्माण कार्य पारदर्शी गर्न, नगरवासीहरुको माझ ल्याउन र विकास निर्माण सम्बन्धी कागज तथा सूचना माग्दा आफ्नो मागको सुनुवाई नभएकाले प्रदर्शन गर्नु परेकोसंयोजक यादवले बताए । नगर प्रमुख सियाराम राय र प्रसासकीय अधिकृत सक्कलदेव यादबको मिलोमतोमा विभिन्न बहानामा भ्रष्टाचार भएको आरोप संयोजक यादवले लगाए । हरिपूर्वा नगरपालिकाका नगर प्रमुख सियाराम रायले आफुहरु माथी लगाएको आरोप झुठो भएको दावी गरे ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments