Incident Reports

अज्ञात पक्षद्वारा स्वास्थ्य चौकी तोडफोड

2020-11-05

Karnali, Dolpa, Tripurasundari, Ward 1

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा रहेको स्वास्थ्य चौकीमा कात्तिक २० गते राती अज्ञात पक्षले तोडफोड गरेको छ ।

स्वास्थ्य चौकीको स्टोर कोठा, इन्चार्जको कोठा, भान्सा, मुल कोठा र सभा हल समेत गरी पाँच कोठाको ताला फोडेर औषधि लगायतका अन्य सामग्रीहरू चोरी गरेकोे प्रहरी चौकी त्रिपुराकोटका सई तेजबहादुर रानाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

स्वास्थ्य चौकी इन्चार्ज दशैं मनाउन जुम्ला गएको र कार्यालय सहायक समेत घरमा बसेको मौका छोपी स्वास्थ्य चौकी तोडफोडका साथै चोरी भएको र इन्चार्ज नआएसम्म क्षतिको यकिन गर्न नसकिने सई रानाको भनाइ छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा त्रिपुरासुन्दरी नपा– १ का वार्ड अध्यक्ष कर्मसिङ थापाले कर्मचारी कोही नभएको मौका छोपी तोडफोडका साथै चोरी भएको बताउनु भयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

विष्णुप्रसाद देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports