Incident Reports

प्रमाणपत्रको चार हजार माग्‍ने बालनिकुन्ज विद्यालयमा नेविसंघको तालाबन्दी

2020-11-10

Province 1, Jhapa, Shivasataxi, Ward 10

नेपाल विद्यार्थी सङ्घ झापाले शिवसताक्षी नगरपालिका १० स्थित बालनिकुन्ज माध्यमिक विद्यालयमा तालाबन्दी गरेको छ। चारित्रिक प्रमाणपत्रको चर्को शुल्क मागेको भन्दै नेपाल विद्यार्थी सङ्घले मङ्गलवार विद्यालयको प्रशासनमा तालाबन्दी गरेको हो।

बालनिकुन्ज माविले एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र दिएबापत ४ हजार रुपैयाँ मागेको घटना बाहिरिएसँगै नेवि सङ्घले यसतर्फ चासो देखाएको हो। नेविसंघ शिवसताक्षी नगर उपाध्यक्ष रबिन घिमिरेका अनुसार विद्यालयले मागेको शुल्क उचित नभएकोले विद्यार्थीलाई सरकारले तोकेको अनुसार रकम नलिए तालाबन्दी जारी राख्दै सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

सरकारले सामुदायिक विद्यालयहरूमा कुनै पनि शुल्क नलिई शिक्षा प्रदान गर्नु पर्ने हो। सरकारी विद्यालयले चारित्रिक प्रमाणपत्र बनाउँदा २ सय देखि ५ सय रुपैयाँ मात्र शुल्क लिन भनिरहँदा शिक्षा क्षेत्रमा यस्तो विकृति मौलाएकोमा सङ्घले आपत्ति समेत जनाएको सङ्घका जिल्ला सभापति राजेन्द्र उप्रेतीले बताए।

जिल्लका कुनै पनि विद्यालयले यस्ता प्रकृतिका मनोमानी ढङ्गबाट शुल्क लिएको थाहा भएमा तत्काल जानकारी गराउन उनले अभिभावक र विद्यार्थीलाई आग्रह समेत गरेका छन्। विद्यालयले एसइई परीक्षा पास गरेर दिइने चारित्रिक प्रमाणपत्र बापत विद्यार्थी अर्जुन उप्रेतीबाट चार हजार रुपैयाँ मागेका थिए।

एसइईको मार्कसिट र चारित्रिक प्रमाणपत्र माग्न जाँदा आफूसँग चार हजार रुपैयाँ शुल्क मागेको उनले बताए।

उप्रेतीको परिवार कनकाई नदीमा आएको बाढीले बगाउँदा विस्थापित परिवार हुन्। उनका बुबा प्रेमप्रसाद उप्रेतीले भने, छोराको चारित्रिक प्रमाणपत्रका लागि यतिको रकम कहाँबाट ल्याउनु, आफूले छोरालाई आफन्तको घरमा बसेर केही काम गर्दै पढाउनका लागि काठमाडौँ पठाउन लागेको हो। विद्यालयले महँगो शुल्क मागेर चारित्रिक प्रमाणपत्र र मार्क सिट नदिएको उनले गुनासो पोखेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments