Incident Reports

इन्स्पेक्टरद्वारा पत्नीलाई कुटपिट l

2014-05-24

Karnali, Kalikot, Naraharinath

Kali Bahadur Malla कालीकोट । ०७१ जेठ १२ गते कास्की जिल्ला लेखनाथ उनपा-१५ घरभई हाल इलाका प्रहरी कार्यालय कुमालगाउँमा कार्यरत इन्सपेक्टर सूर्यकान्त पण्डितले पत्नी सुमिना पण्डितलाई जिल्ला प्रहरी कार्यालयस्थित कालिकोटका प्रहरी प्रमुख डिएस्पी लक्ष्मण गुरुङ्गको कार्यकक्षमा जेठ ११ गते कुटपिट गरेका छन् । इन्स्पेक्टरले बुट र हातले कुटेपछि पीडितको टाउको घाँटी र शरीरभरी निलडाम भएको छ । पीडितले पति विरुद्व जेठ ११ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा उजुरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेको पीडित सुमिनाले गुनासो गरिन । राति सुतेको अवस्थामा मान्म बजारस्थित एक होटलमा कार्यरत महिलाले पतिलाई फोन गरेपछि सुमिनाले कसले किन फोन गरेको भनि सोध्दा पतिले एक्कासी कुटेको सुमिनाले बताइन् । डिएसपीसँग जानकारी गराउँदा इन्स्पेक्टरलाई फोन गर्ने महिला पनि डिएस्पीको कार्यकक्षमा उपस्थित भइ पति र ती महिलाले आफूलाई कुटेको सुमिनाले आरोप लगाइन् । घटनाका सम्बन्धमा डिएसपी गुरुङ्गले आफूले हेर्दाहेर्दै कुटाकुट भएको र पति पत्नीको झगडा मिलाउनु पर्छ भन्ने लागेर निवेदन दर्ता नगरेको बताए । इन्स्पेक्टर सूर्यकान्तले कुटपिट नगरेको दावी गरेका छन् । कालीबहादुर मल्ल

0 Comments

Related Reports
Related Trend Analysis