Incident Reports

मानव बेचविखन तथा ओसार पसार घटनाका आरोपित विरूद्ध उजुरी

2020-08-29

Lumbini, Banke, Kohalpur

३३ वर्षीया महिलालाई  बेचबिखन तथा ओसार पसार र शरिर बन्धक गरेको आरोपमा पीडितपक्षले  कोहलपुर नगरपालिका–११ का ४० वर्षीय देवबहादुर दमाई विरूद्ध कात्तिक २४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले ०७७  भदौ १३ गते बैदेशिक रोजगारीको लागि इजरायल पठाउने भन्दै भारतमा लगेर बेचबिखन गरेको र बन्धक बनाएर राखेको  पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । उहाँले भारतबाट लुकिछिपि भागेर नेपाल आएको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका सइ रणधिर जैसीले उजुरीका आधारमा आरोपितको खोजी भइरहेको बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण कात्तिक २५ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको  एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Total Abducted 1
Female Abducted 1
INSEC

0 Comments