Incident Reports

जबर्जस्ती करणी उद्योगमा पक्राउ

2020-11-10

Gandaki, Syangja, Arjunchaupari, Ward 3

पोखरा, २६ कात्तिक । जबर्जस्ती करणीसम्बन्धी कसूरमा स्याङ्जा प्रहरीले एक युवकलाई पक्राउ गरेको

छ।

पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा ३, गहतेका २७ वर्षीय खेमबहादुर नेपाली हुन् । निजले कात्तिक २५ गते सुतिरहेको अवस्थामा कोठाको ढोका जबर्जस्ती खोली एक युवतीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको अभियोग छ ।

पीडित युवतीले आफूमाथि ती युवकले सो राति ३ बजेर ४० मिनेटमा जबर्जस्ती कोठाको ढोका खोली जबर्जस्ती करणी प्रयास गरेको र हारगुहार गर्दा आफ्ना ससुराले समाउन खोज्दा भागेको भन्द जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । जसअनुसार प्रहरीले सोही दिन घरमा लुकिरहेको अवस्थामा निज नेपालीलाई पक्राउ गरेको जनाएको छ।

उनीविरुद्ध करणीसम्बन्धी कसूर (जबर्जस्ती करणी उद्योग) मुद्दामा अनुसन्धान गर्नका लागि स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments