Incident Reports

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा ३ पक्राउ

2020-11-13

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 4

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराउने उद्धेश्यले शरीर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जनालाई पक्राउ गरेको छ। उनीहरुले विभिन्न जिल्लाहरुबाट २ महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि पोखरा ल्याएर विभिन्न प्रलोभनमा पारि जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराउने गरेको प्रहरीले जनाएको छ । 

महिलाहरुलाई शारीरिक तथा मानसिक यातनासमेत दिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरि पीडित दुवै महिलालाई उ्द्धारसमेत गरेको छ । 

पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका–१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली, पोखरा महानगरपालिका–४ बस्ने ३० वर्षीय अन्जु गुरुङ र काभ्रेकाे पाँचखाल ४ बस्ने २६ वर्षीय आशिष भुजेल रहेका छन्। 

पक्राउ परेकाहरु उपर मानव वेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरअन्तर्गत मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Torture
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments