Incident Reports

साझा प्रयासबाट मानवअधिकारको संरक्षण सम्भव हुने l

2014-05-27

प्रेमसिंह बस्नेतले आयोग राज्यको स्रोतमा भर पर्न नहुने बताउँदै राज्यले पाठ्यक्रममा पनि मानवअधिकारको विषय बस्तुलाई समेटनु पर्ने बताए । जिल्ला प्रहरी कार्यालयका एसपी शेखर कोइरालाले हरेक मुद्दामा प्रहरीले नै गल्ती गरेको छ भन्ने सोचाइ राख्न नहुने बताए । राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले आगामी दिनमा आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारमा आयोग बढी केन्द्रीत रहने बताए । इन्सेक क्षत्रीय संयोजक शिव खकुरेलले पेरिस सिद्धान्त अनुसार आयोग गठन भए पनि जनअपेक्षा अनुसार आयोगले काम गर्न नसकेको बताउँदै रिक्त रहेका पदहरूमा तत्काल व्यवस्था गरिनुपर्ने सुझाव दिए । कार्यक्रममा एमालेका गोपाल गिरी, राप्रपाका कृष्ण खरेल, गैसस महासङ्घका अध्यक्ष प्रभातकुमार ठकुरी, पत्रकार महासङ्घका सल्लाहाकार शुक्रऋषि चौलागाई लगायतले आयोगलाई शुभकामनाका साथै सुझाव दिएका थिए । कार्यक्रममा अधिकारकर्मी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis