Incident Reports

तरुण दलका जिल्ला अध्यक्षद्वारा उपभोक्ता समितिका सचिव माथि कुटपिट

2020-11-17

Bagmati, Ramechhap, Gokulganga, Ward 5

गोकुलगंगा गाउँपालिका–५ नामाडी निवासी नामाडी सडक उपभोक्ता समितिका सचिव  ३० वर्षीय देवराज खड्कामाथि ०७७ मङ्सिर २ गते सोही स्थान निवासी तरुण दल रामेछापका अध्यक्ष ३५ वर्षीय काजीबहादुर खड्का लगायतले कुटपिट गरेका छन् ।

बाग्मती प्रदेश सरकारको बजेटबाट निर्माण भइरहेको नमाडी बासे जोड्ने सडक निर्माण उपभोक्ता समितिलाई अध्यक्ष खड्काले आफ्नो डोजर प्रयोग गर्न दबाब दिनुभएको थियो ।

उहाँको डोजर प्रयोग नगरेपछि नामाडी बजारमा गएको समयमा एक्लै पारी उपभोक्ता समितिका सचिव देवराजलाई तरुण दलका अध्यक्ष काजीबहादुर लगायतले भौतिक आक्रमण गरेको वडाअध्यक्ष बलराम खड्काले जानकारी दिनुभयो ।

आक्रमणबाट टाउकोमा चोट लागेका सचिव देवराजको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार गरिएको छ ।

पीडितले ०७७ मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा ज्यानमार्ने उद्योग अन्तर्गत तरुण दलका अध्यक्ष सहित ३६ वर्षीय दीपक खड्का र ३० वर्षीय सुुुमन खड्का विरुद्ध किटानी उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

नवराज पथिक

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other economic issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments