Incident Reports

अज्ञात पक्षद्वारा एम्बुलेन्समा तोडफोड

2020-11-17

Province 1, Sankhuwasabha, Panchakhapan, Ward 5

वाना प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्समा अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

मङ्सिर २ गते राति साढे ९ बजे को १ झ ६४३ नम्बरको एम्बुलेन्स अज्ञात पक्षले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

वाना प्राथमिक स्वास्थ्य केन्द्र पाँचखपन नगरपालिका– ५ मा राखिएको एम्बुलेन्समा अज्ञात पक्षले तोडफोड गरेको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सुन्दर श्रेष्ठले बताउनु भयो । तोडफोडबाट एम्बुलेन्सको अगाडीको भागमा क्षति पुगेको श्रेष्ठले बताउनु भयो ।

घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।

भविन कार्की

एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिरफ्तार

एम्बुलेन्स तोडफोड गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–६ का ३५ वर्षीय खगेन्द्र मगरलाई मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

वाना प्राथमिक स्वास्थ्य केन्द्र पाँचखपन गाँउपालिका–५ मा पार्किङ्ग गरी राखिएको को १ झ ६४२ नम्बरको एम्बुलेन्स मङ्सिर २ गते राति तोडफोड गरेको आरोप मगरलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर सन्तोष बुढाथोकीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

एम्बुलेन्स तोडफोड गर्नुको कारण नखुलेको इन्स्पेक्टर बुढाथोकीले बताउनु भयो । तोडफोडबाट एम्बुलेन्सको अगाडीको भागमा क्षति पुगेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments

Related Reports