Incident Reports

मकवानपुरमा ४ बर्षिय बालिकाको बलात्कार पछि हत्याको आशंका, दुई जना प्रकाउ

2020-11-18

Bagmati, Makawanpur, Bagmati, Ward 7

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकामा हत्या पछि फालिएको अबस्थामा ४ वर्षिय बालिकाको शव भेटिएको छ । बालिकाको हत्याको आशंकामा सोहि ठाँउका दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा सोहि वडाका वर्ष २० को कुमार भोलन र वर्ष १६ का एक बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताए । उनले भने ‘ पक्राउ पर्नेमा एक बालक रहेकाले नाम उल्लेख गर्न मिल्दैन । दुबैजना बालिकाकै गाँउका रहेका छन् ।’

गाउँपालिकाको वडा नंबर ७ को लामिटारकी स्थानीय ४ वर्षीया बालिका रुविना पाख्रिनको शव सोहि ठाउँको पुल मुनि बुधबार साँझ ८ बजेको समयमा भेटिएको थियो । बालिकाको बलात्कार पछि हत्या भएको हुन सक्ने शवको प्रकृति हेर्दा त्यस्तो देखिएको प्रवक्ता रानाले बताए ।

उनले भने,’बालिका हिजो साँझ ६ बजे बाट हराएकी थिइन्,हिजो हराएको १ घण्टामै भेटिइन् तर मृत अवस्थामा भटिईन् । शरिरको विभिन्न अङहरुमा चोट देखिनुको साथै रगतहरु लतपतिएको देखिएको छ । सबैभन्दा ठुलो चोट टाउकोमा देखिएको छ,बलात्कार पछि हत्या गरिएको हुन सक्छ । बालिकालाई ढुङ्गाले किचेर मारिएको देखिएको छ,बाकिँ पोष्टमार्टम पछि देखिनेछ ।”

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments