Incident Reports

नगरपालिकाको कार्यालयमा बञ्चरो प्रहार गर्ने कालीकोटका वडा सदस्य पक्राउ

2020-11-17

Karnali, Kalikot, Raskot, Ward 4

कालीकोट जिल्लाको रास्कोट नगरपालिका–४ का वडा सदस्यले नगरपालिकाको कार्यालयमा बञ्चरो प्राहार गरेका छन् ।

वडा सदस्य कालीबहादुर शाहीले मदिरा सेवन गरी मंगलबार बेलुका नगरपालिका कार्यालयमा बञ्चरो प्रहार गरेका हुन् ।

नगरपालिका प्रमुख कासीचन्द्र बराल, प्रमुख प्रशासकीय अधिकृतले फोन नउठाएको र आफूले काम गरेको योजनाको रकम भुक्तानी नदिएको भन्दै नगरपालिका कार्यालयमा बञ्चरो प्रहार गरेको उनले बताएका छन् ।

रास्कोट नगरपालिका वडा नं. ४ स्थित सिम्भुनाथको मन्दिर नजिकै धर्मशाला बनाउने योजना थियो । योजनाको काम पूरा गर्न चालु आर्थिक वर्षमा नगरपालिकाबाट १० लाख बजेट दिने निर्णय गरेको थियो ।

प्रहरीले वडा सदस्य शाहीलाई पक्राउ गरेको छ । र्इलाका प्रहरी कार्यालय रास्कोटका इन्चार्ज राजनकुमार मल्लले वडा सदस्य शाहीले नगरपालिकाको कार्यालयमा बञ्चरो हान्दै गर्दा पक्राउ गरिएको जानकारी दिएका छन ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports