Incident Reports

चीनले ‘मुसलमानमाथि दमन’ गरेको भन्दै मुस्लिम समुदायद्वारा वीरगञ्जमा प्रदर्शन

2020-11-19

Madhes, Parsa, Birgunj

काठमाडौं- मुस्लिम समुदायले चीनले ‘मुसलमानमाथि दमन र अत्याचार’ गरेको भन्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

चीनमा उइँगुर समुदायका मुसलमानमाथि ‘दमन’ भएको तथा मानवअधिकार हननका घटना बढेको जनाउँदै उनीहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन ।

उनीहरू उइँगुर मुलसमानको मानवअधिकारको रक्षा गर, उइँगुर समुदायमाथि भएको अत्याचार बन्द गर, उइगुर मुस्लिमलाई स्वतन्त्रता देउ’ लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका थिए ।

उइगुर समुदायमाथिको ‘दमन’ रोक्न माग गर्दै उनीहरुले पर्सा जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका हुन ।

आफूहरुले चीनमा उइगुर समुदायमाथि भइरहेको दमनको विरोधमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सहायक जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको मौलाना अलि असगर मदनीले जानकारी दिए ।

उइँगर समुदायमाथि चिनियाँ ‘दमन’ भएको भन्दै यसअघि पनि नेपालमा रहेका मुस्लिमहरूले काठमाडौं, रुपन्देही लगायतका विभिन्न जिल्लामा चीनविरुद्ध प्रदर्शन गरेका थिए ।

नेपाली मुलसमानहरूले यस विषयमा काठमाडौंस्थित चिनियाँ दूतावासमा समेत ज्ञापन पत्र बुझाइसकेको जनाएका छन् ।

चीन सरकारले १८ लाख उइँगुर मुसलमानहरूलाई कैद गरी शिविरमा राखेर यातना दिएको उनीहरुको आरोप छ ।  चीनमा उइँगुर मुसलमानहरूलाई रोजा बस्न र बुर्खा लगाउन बन्देज गरेको भन्दै नेपाली मुसलमानहरूले चिनियाँ सरकारको विरोध गर्दै आएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Muslim Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments