Incident Reports

बर्दियामा पिकनिक खान गएका दुई समुहबीच झडप हुँदा एक जना बेपत्ता

2020-11-18

Lumbini, Bardiya, Barbardiya, Ward 1

बर्दिया । बर्दियाको बबई नदीको छेउमा पिकनिक खान गएका दुई समुहबीच झडप हुँदा एक जना बेपत्ता भएका छन् ।बार बर्दिया नगरपालिका वडा नम्बर ३ र ठाकुर बाबा नगरपालिका–१ का समुहबीच झडप हुँदा बार बर्दिया–३ खुरखुरेका करिब २७ वर्षीय विष्णु रानपाल बेपत्ता भएका हुन् ।

बार बर्दिया नगरपालिका वडा १ अन्तर्गत पर्ने बबई नदी पुलदेखि करिब १ किलो मिटर दक्षिण बबई सिचाई नहरको साइफन नजिक बुधवार साँझ करिब ५ बजेको समयमा दुई समुहबीच झडप भएको हो ।

झडपमा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय भुरीगाँउले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

झडपमा केहीलाई सामान्य चोट मात्र लागेको छ भने बेपत्ता रहेका रानपाललाई बबई सिचाई नहरको साइफनमा फालिदिएकोले बेपत्ता भएको प्रत्यक्षदर्शीहरूको भनाई रहेको छ ।

हालसम्म उहाँको पर्स, परिचय पत्र कार्डहरू साइफनमा फेला परेको छ । बेपत्ताको खोजी कार्य भइरहेको र के कसरी झडप भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक गोपी कृष्ण सुबेदीले जानकारी गराउनु भएको छ ।

बेपत्ता रानपाल नेपाली सेनाको रूपमा कैलालीको भवानी दलगाणमा कार्यरत रहेको र काठमाडाँैको पाटनमा काजमा रही हाल तिहारमा घर बर्दिया आउनु भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports