Incident Reports

‘सामूहिक बलात्कारपछि पासो लगाई हत्या’

2020-11-14

Lumbini, Kapilbastu, Mayadevi, Ward 2

कपिलवस्तुको मायादेबी गाउँपालिका–२ अभिरावको मनखोरिया गाउँमा एक युवतीको सामूहिक बलात्कार पछि हत्या गरिएको आरोप लगाइएको छ। गत कार्तिक २९ गते राति १७ वर्षीया सबनाम खातुनको सामूहिक बलात्कार पछि पासो लगाई हत्या गरिएको मृतकको परिवारको आरोप छ। स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ वर्षीय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफ्नो छोरीको बलात्कार पछि हत्या गरेको मृतकका बुवा अब्दुल गफ्फारले आरोप लगाएका हुन्।

गत २९ गते राति घरबाट एकाएक गायब भएपछि बिहान ४ बजे तिर छोरीको शव रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको उनले बताए। स्थानीय राजमित पासिले आफ्नो छोरीलाई रातिको सयममा बोलाएको र त्यही छोरीको बलात्कार गरी हत्या गरिएको गफ्फारले बताए। ‘कार्तिक २९ गते राति छोरी गायब भएको थाहा पायौ, रातभरी खोजतलास गर्दा गाउँ कै आपको रुखमा छोरीलाई झुन्डिएको अवस्थामा भेटायौ’ उनले भने।

पिन्टु र छोरीको प्रेम सम्बन्ध रहेको र ४ महिना अघि दुबैलाई संगै आफूले समेत भेटेको उनले बताए। त्यति बेला आफूले पिन्टु र छोरी दुबैलाई हप्काएको र पिन्टुलाई एक दुई झापड समेत हानेको उनले बताए। आफूले पिन्टुलाई छोरीसंग आईन्दा नभेट्न र हानेको झापडले गर्दा त्यही कुराको बदला लिन पिन्टुसहित ४ जनाले छोरीको हत्या गरेको गफ्फारको दाबी छ। गफ्फारका अनुसार छोरीको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको र रुखको हांगामाथि हात थियो। चप्पल समेत लगाएको अवस्थामा, खुट्टामा हिलो लागेको र पासो समेत पुरा नबाधिएको अवस्थामा शव रहेको थियो। ‘हातको ठीक माथि रुखको हांगा हुुनु र चप्पल समेत खुट्टा मै हुनुले पनि छोरीको हत्या गरिएको हो’ उनले भने।

गफ्फारले चार जना माथि प्रहरीमा किटानी जाहेरी दिएको बताए। यद्यपी पिन्टुलको परिवारले भने युवतीले आफैले आत्महत्या गरेको दाबी गरेका छन्। प्रेम सम्बन्धलाई परिवारले अस्विकार गरे पछि आबेगमा आएर सबनमले आत्महत्या गरेको र आफूहरुलाई त्यसै फसाउन खोजिएको उनीहरुको भनाई छ। प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाको अनुसन्धान भईरहेकोले हत्या वा आत्महत्या अहिले नै भन्न नसकिने बताए। उनले मृतकको कपिलवस्तु अस्पतालबाट पोस्टमर्टको रिपोर्ट आए पछि धेरै कुरा खुल्ने बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments