Incident Reports

विप्लव समूहका पाल्पा इन्चार्जसहित दुई पक्राउ

2020-11-19

Lumbini, Rupandehi, Butwal

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जना पक्राउ परेका छन्। बिहीबार प्रहरीले उनीहरूलाई बुटवलबाट पक्राउ गरेको हो।  सांगठनिक कामको सिलसिलामा बुटवल आएका सिंह र पाल्पाका जिल्ला सदस्य मिनबहादुर आलेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।  उनीहरूबाट विस्फोटक पदार्थ र पार्टीको दस्ताबेजसमेत बरामद भएको राठौरले बताए।  विशेष सुराकीको आधारमा बुटवल-७ दिपनगरका निशान भन्ने निरबहादुर विकको कोठामा उनीहरू आएको थाहा पाएपछि प्रहरीको टोलीले पक्राउ गरेको हो।   उनीहरूविरुद्ध विष्फोटक पदार्थ शिर्षकमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ उपदफा ६ बमोजिम मुद्दा चलाउन लागेको छ।  उनीहरूलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको प्रहरीले जनाएको छ।  उनीहरू अहिले ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments