Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-11-01

Lumbini, Rupandehi, Butwal

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले बुटवल उपमनपा–११ का २२ वर्षीय अमृत श्रेष्ठ विरूद्ध मङ्सिर ३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएको पीडितले बताउनु भयो । घटनाका विषयमा दिदीलाई भने पछि घटना बाहिर आएको थियो  ।

पीडितपक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments