Incident Reports

अज्ञात पक्षद्वारा वडा कार्यालय तोडफोड

2020-11-20

Bagmati, Dhading, Tripura Sundari, Ward 1

त्रिपुरासुन्दरी नगरपालिका–१ को वडा कार्यालयमा मङ्सिर ५ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ ।

वडा कार्यालयको ढोका र झ्याल तोडफोड गरी प्रवेश गरेको अज्ञात पक्षले कार्यालयको एक थान डेस्कटप कम्प्युटर र कार्यालयको निर्णय पुस्तिका चोरी गरेको प्रहरी चौकी त्रिपुराकोटका असई दिपक केसीले बताउनु भयो ।

कसले र किन वडा कार्यालयको ढोका र झ्याल तोडफोड गरी कार्यालय सामग्री चोरी गर्यो‍ भन्ने बारे अनुसन्धान भइरहेको पनि असई केसीले बताउनु भयो ।

वडा अध्यक्ष कर्मसिं थापाले कार्यालयबाट अज्ञात पक्षले चोरी गरेर लगेको कम्प्युटर र रजिष्टार कार्यालय भन्दा झण्डै २ सय मिटरको दुरीमा रहेको गल्लीगाड खोलाको किनारमा भेटिएको बताउनु भयो ।

डेस्कटप कम्प्युटर र रजिष्टार लगेर खोलाको किनारमा फालिएको अवस्थामा भेटिएपनि अन्य कुनै पनि कार्यालय सामग्री चोरी नभएको पनि वडा अध्यक्ष थापाले जानकारी दिनु भयो ।

गत असोजको दोस्रो साता पनि अज्ञात पक्षले त्रिपुराकोट स्वास्थ्य चौकीका पाँच कोठामा ताला फोरेर केही औषधि चोरी गरेको थियो ।

विष्णुप्रसाद देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC

0 Comments

Related Reports