Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-11-21

Lumbini, Banke, Kohalpur

१० र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले १५ वर्षीय बालक विरूद्ध मङ्सिर ५ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् ।

पीडितहरूलाई आरोपितले ०७६ चैत १५ गतेदेखि निरन्तर बलात्कार गरेको र पछिल्लो पटकको मिति थाहा नभएको उजुरी परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका सइ रणधीर जैसीले बताउनु भयो । जैसीले आरोपित फरार रहेकोले  खोजी भइरहेको बताउनु भयो ।

आरोपितले घरमा कोहि नभएको मौकामा चैत महिनादेखि निरन्तर बलात्कार गर्दै आएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । उहाँका अनुसार डरले गर्दा घटनाबारे नबताएका छोरीले कात्तिक २१ गते आफुलाई बताएपछि उजुरी दिएका हुन् ।

आमा बुबा काम गर्न बाहिर गएको बेला कुटपिट गरि बलात्कार गर्दै आएको र कसैलाई भने मार्ने धम्की दिने गरेको  १२ वर्षीया बालिकाले इन्सेक प्रतिनिधिसँगको  भेटमा बताउनु भयो ।

पीडितहरूको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको छ ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments