Incident Reports

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन

2020-11-19

Sudurpashchim, Kailali, Dhangadhi

संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै धनगढीमा बिहीबार प्रदर्शन गरिएको छ । सुदूरपश्चिम देशभक्त समाजको आयोजनामा राजतन्त्र पक्षधरले धनगढीदेखि अत्तरियासम्म मोटरसाइकल र्‍याली निकालेका हुन् । 

र्‍यालीमा युवाको उल्लेख्य सहभागिता थियो । धनगढीबाट सुरु गरिएको र्‍याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा गरिएको थियो । कोणसभामा समाजका संयोजक रवीन्द्र कार्कीले मुलुकमा संघीयता असफल भएको दाबी गर्दै राजतन्त्रको आवश्यकता देखिएको बताए ।

गणतन्त्रका नाममा मुलुकमा भ्रष्टाचार, अनियमितता, दन्डहीनता बढदै गएकाले गणतन्त्रात्मक व्यवस्था खारेज हुनुपर्ने माग आफूहरूको रहेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments