Incident Reports

नेता पाण्डेमाथि ‘ओली समर्थक’ कार्यकर्ताद्वारा दुर्व्यवहार

2020-11-21

Bagmati, Chitawan, Rapti

चितवन- चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आफ्नै नेतामाथि दुर्व्यवहार गरेका छन्।

शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका हुन्।

नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका १५/२० जनाको समूह बैठकस्थलमा प्रवेश गरी नाराबाजी गर्दै पाण्डेलाई बोल्नबाट अवरोध गरेका थिए ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेकाविरुद्ध प्रदर्शन गरेको बताएका थिए।

उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा समेत लगाएका थिए ।

यो पनि पढौं

नेता पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गरियोस् : वरिष्ठ नेता नेपाल

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 6
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments