Incident Reports

बलात्कारका आरोपित विरुद्ध मुद्दा दर्ता l

2014-06-01

Bagmati, Chitawan, Ratnanagar

Sabitri Sapkota चितवन । ०७१ जेठ १८ गते एक १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पिठुवा गाविस-८ का २२ वर्षीय जीवन मगराती विरुद्ध जेठ १८ गते इलाका प्रहरी कार्यालय टाँडीमा मु्द्दा दर्ता भएको छ । आरोपित जीवनले जेठ १५ गते साँझ पीडितलाई घर पुर्‍याइदिन्छु भनि मोटरसाइकलमा राखी पिठुवा गाविस-८ मा रहेको एक खोलको खोल्सामा लगि बलात्कार गरेको पीडितको भनाइ छ । बलात्कार गरी फरार भएका आरोपितलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडितले जेठ १६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई जेठ १७ गते प्रहरीले काठमाडौँको गंगबुको एक होटलमा लुकी बसेको अवस्थामा गिरफ्तार गरेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रवक्ता एवम् इन्स्पेक्टर केदार पन्तले बताए । इन्सपेक्टर पन्तले भने-'बलात्कार गरेको भनि पीडित पक्षको उजुरी परेपछि खोज्दै जाँदा काठमाडौँबाट गिरफ्तार गरी आज म्याद थप गरेको हो ।' पीडितको उजुरी परेकै दिन स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दियो । घटनाबारे थप अनुसन्धान गरिने बताइएको छ । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis