Incident Reports

‘विप्लव’ समूहका सैन्य लडाकु पेस्तोलसहित पक्राउ

2020-11-22

Province 1, Morang, Uralabari

विराटनगर, ७ मंसिर । मोरङको उर्लाबारीबाट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य लडाकुलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद भएको जानकारी उनले दिए ।

खड्काका अनुसार विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको हो । पक्राउपछि हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको छ । उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शेर्पाको साथबाट ‘पक्राउ परेका व्यक्ति ‘विप्लव’ समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको खुलेको छ,’ एसपी खड्काले भने, ‘बाँकी कुरा अनुसन्धानपछि खुल्दै जानेछ ।’ शेर्पाविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने तयारी प्रहरीको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments