Incident Reports

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट

2020-11-22

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ।

गए राति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट भएको छ।

घटनाको कसैले जिम्मेवारी नलिएको उनले बताए। घटनास्थलमा प्रहरी पुगिसकेको छ।

‘बिस्फोटनबाट टेबल, कुर्सीमा क्षति पुगेको छ,’ उनले सेतोपाटीसँग भने, ‘कसले, किन बिस्फोट गराएको भन्ने खुलेको छैन।’

सुतली बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ।

ताप्लीमा बम विस्फाेट गराएकाे आराेपमा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

उदयपुर, ११ मंसिर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट गराएको आरोपमा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकता पक्राउ परेका छन् ।

ताप्ली गाउँपालिका ५ रुपटारका गौरबहादुर देवकोटा र ताप्ली गापा १ ओख्ले घर भएका रितु विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय प्रमुख एसपी भीम दाहाल जानकारी दिए । बुधबार दिउँसो घरैबाट प्रहरीले पक्राउ गरेको हो ।

ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा अज्ञात समूहले ४ दिन अगाडी सनिवार बम बिस्फोट गराएको थियो । बम बिस्पोट भए सँगै घटनामा संलग्नहरुको खोजी जारी राखेको थियो। पक्राउ परेका बिप्लब कार्यकर्ताको बारेमा प्रहरीले अनुसन्धानको लागि नियन्त्रण लिएको एसपी दाहालले जानकारी दिए । एसपी दाहालले भने “अहिले ‘जिल्ला प्रहरी कार्यालय ल्याइपुर्याएको छैन,’ थप ‘अनुसन्धान भइरहेको हुन सक्छ ।’ उनले भने।

बम बिस्फोटबाट ढोका,टेबल, कुर्सी,प्रिन्टर र भवनमा सामान्य क्षति पुगेको गाउपालिका प्रमुख उद्दब सिंह थापाले बताए। एउटा बम भने १८ घण्टा पछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports