Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला कमिटी सदस्य गिरफ्तार

2020-11-22

Sudurpashchim, Bajura, Jagannath, Ward 4

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाजुराका जिल्ला सदस्य ४५ वर्षीय अङ्गराज भण्डारी (अटल) लाई मङ्सिर ७ गते बिहान प्रहरीले गिरफ्तार गरेको छ ।

भण्डारीलालाई जगन्नाथ गाउँपालिका–४ नाराकोटस्थित उनकै घरबाट जुड्डी प्रहरी चौकीबाट सई बिरसिंह ठगुन्नाको कमाण्डमा गएको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजीत महराले जानकारी दिएका छन् ।

भण्डारीले उद्योगी, व्यापारीहरूलाई फोनबाट धाकधम्की दिई चन्दा माग गर्ने गरेको गोप्य सूचनाको आधारमा गिरफ्तार गरिएको डिएसपी महराले बताउनु भयो ।

पदम सिंह

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
INSEC

0 Comments