Incident Reports

कञ्चनपुरको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयमा तालाबन्दी

2020-11-22

मंसिर ७, कञ्चनपुर । कञ्चनपुरको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयमा तालाबन्दी गरेका छन् । शिक्षण सिकाई सहयोग अनुदान शिक्षक केन्द्रीय सघर्ष समितिले समयमै तलब नपाएपछि शिक्षा विकास तथा समनवय ईकाइ कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आईतबार शिक्षण सिकाई सहयोग अनुदान शिक्षक केन्द्रिय सघर्ष समितिले शैक्षिक सत्र २०७७ भरीको तलब भत्ता तत्काल उपलब्ध गराउनु पर्ने, शिक्षण सिकाई सहयोग अनुदानमा विगतदेखि कार्यरत शिक्षकहरुलाइ नै निरन्तरता दिइनु पर्ने र दरबन्दि मिलान वा अन्य बहानामा कार्यरत शिक्षकहरुलाइ विस्थापित गर्न नहुने र शिक्षण सिकाई सहयोग अनुदान कार्यक्रम अन्तर्गत कार्यरत शिक्षकहरुलाइ पनि अन्य शिक्षक सरह नेपाल सरकारले तोके बमोजिम सेवा सुविधा प्रदान गरिनु पर्ने माग राख्दै शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयमा कञ्चनपुरमा तालाबन्दि गरेका हुन्।

बिगत तीन सालदेखि सामुदायिक विद्यालयमा पढाउदै आइरहेको र अहिले कोरोनाको बहानामा तलब निस्कासन नगर्दा शिक्षक हरुलाइ घर धान्नै गाह्रो भएको र यसबारे सम्बन्धित निकाय मौन भएकाले शिक्षक हरुले आन्दोल गर्नु परेको शिक्षण सिकाई सहयोग अनुदान शिक्षक केन्द्रिय सघर्ष समितिका अध्यक्ष बलवीर सिंह भण्डारीले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments