Incident Reports

लमजुङका जिल्ला इन्चार्जसहित ६ जना विप्लव कार्यकर्ता पक्राउ

2020-11-23

Gandaki, Lamjung, Dordi, Ward 8

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन्। 

लमजुङ प्रहरी कार्यालयले विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। 

प्रहरीले सोमबार बिहान १ बजे दोर्दी गाउँपालिका वडा नम्बर ८ खिमचोक पाँचस्वाराबाट उनीहरूलाई पक्राउ गरेको हो। 

सो ठाउँमा नेता तथा कार्यकर्ताहरू भेला भई अवान्छनीय गतिविधीहरू गरिरहेको भन्ने सूचना पाएको थियो।  

सूचनाको आधारमा खटिएको टोलीले लमजुङका इन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी (आक्रोस) र ४६ वर्षीय सेक्रेटरी बिलबहादुर गुरुङ (गौरव)लाई पक्राउ गरेको छ। 

त्यस्तै, मध्यनेपाल नगरपालिका-४ का कमिटी सदस्य ६२ वर्षीय नारायणबहादुर कुँवर, राइनास नगरपालिका-६ का ३४ वर्षीय रबिन्द्र नखोला, २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल नगरपालिका-१० का २६ वर्षीय सुजन थापा पक्राउ परेका छन्। 

उनीहरूको झोलाबाट प्रहरीले विष्फोटक पदार्थ गरन्धक ५ सय ग्राम, बारूद ५ सय ग्राम, ५ केजी सोडा, १.५ मिटरको सेप्टी फ्युज लगायतका सामाग्री र पार्टीका पर्चा, रसिद, मोटरसाइकल बरामद गरेको छ। 

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments