Incident Reports

लमजुङ सदरमुकाम बेसीसहर दिनभर तनावग्रस्त, प्रहरीको कुटपिटबाट दुई जना वृद्ध घाइते l

2014-05-30

Gandaki, Lamjung, Besishahar

Krishna Prasad Adhikar लमजुङ । ०७१ जेठ १६ गते लमजुङका महिलाले शुक्रवार गरेको लमजुङ बन्दमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको हस्तक्षेपबाट २ जना बृद्ध महिलाहरू घाइते भएका छन् । मृत अवस्थामा भेटिएकी युवतीको हत्या गरेको आरोप लगाउँदै घटनाका दोषीमाथि कारबाहीको मागसहित महिलाले जेठ १६ गते गरेको लमजुङ बन्दमा प्रहरीले हस्तक्षेप गरी कुटपिट गर्दा दुई जना वृद्ध महिला घाइते भएका छन् । घाइते हुनेमा बेसीसहर गाविस-९ की ७० वर्षीया पदमकुमारी दमाई र सोही ठाँउ घर भएकी ६५ वर्षीया कुन्ति परियार रहेका छन् । बन्दका क्रममा सदरमुकाम बेसीसहरको नारायणस्थान चोकमा केही युवाहरूले टायर बाल्नेक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । मध्यमर्स्याङ्दी जलविद्युतको जलासयमा जेठ १४ गते मृत अवस्थामा फेला परेकी लमजुङको बाहुनडाँडा गाविस-८ लामपाटा घर भएकी १८ वर्षीया आइतमाया तामाङको हत्या भएको दावीसहित महिलाहरूले दोषीलाई कारबाहीको माग गर्दै दिनभर प्रदर्शन गरेका थिए । बेसीशहर आमा समूह समन्वय समितिको अगुवाईमा उनीहरूले महिला हिंसा र प्रहरीले गरेको हस्तक्षेपको विरोधमा विरोध र्‍यालीको आयोजना समेत गरेका थिए । सदरमुकाम बेसीसहर तनावग्रस्त बन्दै गएपछि जिल्लाका अन्य ठाउँमा रहेका प्रहरी र तनहुँको भानुस्थिति मनकामना गणबाट सशस्त्र प्रहरी ल्याएर तैनाथ गरिएको छ । आफन्तले प्रहरी प्रशासनबाट दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएसँगै लासको पोष्टमार्टम भएको दुई दिनपछि लास बुझेका छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा जेठ १४ गते साँझ ल्याईएको लासको जेठ १५ गते पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा किशोरीमाथि बलात्कार भएको हुन सक्ने देखिएको छ । यौनीबाट रगत बगेको, टाउकोको माथिल्लो भाग र कानको पछाडिपट्टी समेत चोट देखिएको प्रारम्भिक पोष्टमार्टमको रिपोर्टमा उल्लेख छ । पोष्टमार्टमको अन्तिम प्रतिवेदनका लागि सबै तथ्यलाई काठमाडौँ पठाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा बाहुनडाँडा गाविस-६, ठूलीबेसीका जीतबहादुर अधिकारी र उनका हजुरआमा पदमकुमारी महतलाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले दोषीलाई कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने भन्दै कानुनी प्रक्रिया अगाडि बढाएको बताए । आइतकुमारीको हत्या बाहुनडाडा गाविस-६ ठूलीबेसीका जीतबहादुर अधिकारीले गरेको दाबी सहित आमा सेतीमायाले किटानी जाहेरी दिएकी थिईन् । सदरमुकाम बेसीशहरको शान्ति टोलमा डेरामा बसेर जनविकास उच्च माविमा कक्षा ११ मा पढ्दै गरेकी १९ वर्षीया आईतमाया तामाङ डेराबाटै जेठ ७ गतेदेखि हराईकी थिईन् । प्रहरीका अनुसार तामाङको कोठामा उनका भित्री बस्त्र र तन्ना रगताम्य भेटिएका थिए । कृष्णप्रसाद अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis