Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-11-19

Bagmati, Kabhrepalanchok, Bhumlu, Ward 7

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भुम्लु गाउँपालिका– ७ का ३० वर्षीय प्रदीप भुजेललाई प्रहरीले मङ्सिर ५ गते घरछेउमा रहेको गोठबाट गिरफ्तार गरेको छ ।

मामाघरबाट मङ्सिर ४ गते घर आईरहेको बेला आरोपितले रातमाटे जङ्गलमा शरीरका संवेदनशील अङ्गहरूमा  चक्कु प्राहर गर्नुका सार्थै यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

पीडितका आफन्तले प्रहरी चौकी फलाँटेमा मङ्सिर ५ गते बिहान दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोविन्द अधिकारीले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा मङ्सिर ६ गते गरिएको छ ।

इन्स्पेक्टर अधिकारीले आरोपितलाई मङ्सिर ७ गते जिल्ला अदालतमा पेश गरी जबरजस्ती करणी प्रयास बारेमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।

हिरामान तामाङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments