Incident Reports

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

2020-11-23

Bagmati, Nuwakot, Bidur

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना कार्यकर्तालाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

सूर्यगढी गाउँपालिका–२ का ४१ वर्षीय रामकुमार अधिकारीलाई विदुर नगरपालिका–४ बट्टार बजारबाट र ककनी गाउँपालिका–३ का ४३ वर्षीय शंभुप्रसाद ढुङ्गाना र ४५ वर्षीय विनोद ढुङ्गानालाई उनीहरूको घरबाट नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले जानकारी दिनुभयो ।

गिरफ्तार गरिएका तीनै जना प्रतिबन्धित नेकपाका जिल्ला कमिटीका सदस्य भएको डिएसपी वलीले बताउनु भयो । उनीहरूबाट चन्दा रसिद, पर्चा पम्पेटहरूले समेत बरामद गरिएको र कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments