Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2020-11-05

Lumbini, Bardiya, Badhaiyatal, Ward 2

बढैयाताल गाउँपालिका–२ फुटाहाकी ४५ वर्षीया ललिता सुनारको हत्या गरेको आरोपमा प्रहरीले पति  ५४ वर्षीय भक्तबहादुर सुनारलाई मङ्सिर ७ गते घरबाट  गिरफ्तार गरेको छ ।

ललितालाई आरोपितले  कात्तिक २० गते राती घरमासुतिरहेको अवस्थामा मट्टीतेल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ ।  कोठामा आगो बलिरहेको देखेपछि छिकेकीले परिवारका सदस्यहरुलाई जानकारी गराएका थिए ।

तत्काल एम्बुलेन्सबाट भेरी अस्पताल नेपालगञ्ज लगेकोमा उपचारकै क्रममा कात्तिक  २२ गते मृत्य भएको मृतकका छोरा पदमबहादुर बिकले बताउनु भयो ।

घटनाको बारेमा पदमबहादुर सुनारले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको आधारमा प्रारम्भिक अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर धर्मराज जोशीले बताउनु भयो । थप अनुसन्धानका लागि मृतकका पति भक्तबहादुरलाई गिरफ्तार गरी कानुनी कारबाही अगाडि बढाइएको जोशीले बताउनु भयो ।

शवको पोष्टमार्टम कात्तिक २२ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको थियो ।

मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments

Related Reports