Incident Reports

बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

2020-11-24

Madhes, Mahottari, Bardibas, Ward 14

१० मंसिर, महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको 

बर्दिबास-१४ का शहील आलमकी छोरी गुलाबको हत्या भएको थियो। आइतबार साँझदेखि हराएकी उनको शव हत्या गरेर बोरामा फालेको अवस्थामा सोमबार राति भेटिएको थियो ।

हत्या आरोपमा अरुणकुमार साह पक्राउ परेका छन् । वैशाखमा भएको हत्यामा पक्राउ परेका उनले एक लाख धरौटीमा छुटेको केही दिनमा नै बालिका हत्या परेको थाहा पाएपछि स्थानीय अक्रोशित छन् । उनीहरुले साहको घरमा आगजनी समेत गरेका छन् । 

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा केही घाइते भएका थिए । घाइतेमध्ये बर्दिवास नगरपालिका-१ बस्ने ४० बषर्ीय संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।

न्यौपानेको मृत्युले स्थानीयलाई थप आक्रोशित बनउाएको छ । गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बिहानै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

----------

बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातूनको हत्याका आरोपितलाई कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्गस्थित बर्दिवासमा गरिएको विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् ।

बर्दिवास नपा–१ का ३२ वर्षीय बुद्धिराज न्यौपानेको दायाँ तिघ्रामा गोली लागेको छ भने वर्दिवास नपा–५ का २८ वर्षीय श्याम कार्कीलाई चार ओटा गोली लागेको छ । घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ । 

त्यसैगरी पीडितका आफन्त २५ वर्षीय अफताब आलमको टाउको फुटेको छ । आलामको उपचार स्थानीय शुभ स्वस्तिक अस्पतालमा भइरहेको छ । आलमलाई गोलीको छर्रा समेत लागेको छ । 

घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रु ग्याँस, लाठी चार्ज गर्नुक साथै गोली चलाएको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 3
National/Online Media

0 Comments

Related Reports